संसदद्धारा  बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७३ पारित



काठमाडौं, पुस २६

व्यवस्थापिका–संसद्को आजको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७३ पारित गरेको छ । नयाँ बानेश्वर स्थित संसद भवनमा बसेको आजको बैठकले अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरेको उक्त विधेयक बहुमतले पारित गरेका हुन । विधेयकमाथिको छलफल पछि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महराले विधेयक पारित भएपछि मुलुकको अर्थतन्त्रमा सुधार आउने बताए।

बैकिङ क्षेत्रमा देखिएको विसङगतिलाई सुधार गर्दै बैंकप्रति जनताको विश्वास बढाउने र बैंकिङ कारोबारलाई अन्तर्रा्ष्ट्रियस्तरको बनाउने उद्देश्यले विधेयक ल्याईएको बताए  । बैंकिङ कारोबारमा देखिएको जोखिम नियन्त्रणमा योगदान पुग्ने भन्दै  यसबाट बैंकिङ क्षेत्रको विकासमा ‘ब्रेक थ्रु ’ हुने बताए  ।

विधेयकमा बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिमा रहेका व्यक्तिको योग्यता र कार्यकाल लगायतको व्यवस्थालाई सुनिश्चित गरिएको छ ।यसअघि उक्त विधेयकमाथि सांसद प्रेम सुवाल, डा सुबोध पोखरेल र चूडामणि विकले अर्थमन्त्रीसँग स्पष्टीकरण माग गरेका  थिए । आजको बैठकमा वाणिज्य मन्त्री रोमी गौचन थकालीले व्यापार सहजीकरण सम्झौता सदनसमक्ष पेस गरे  ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News