बङ्गलादेशमा बन्दुकधारीद्वारा रोहिङ्ग्या शिक्षक र विद्यार्थीको हत्या


 



काठमाडौं । बङ्गलादेशमा बन्दुकधारीहरूले रोहिङ्ग्या शरणार्थी शिविरमा लड्नका लागि म्यान्मा फर्कन अस्वीकार गरेका एक शिक्षक र एक विद्यार्थीको हत्या गरेको उनीहरूका अभिभावकले बिहीबार बताएका छन् ।

सन् २०१७ मा म्यान्माको सेनाद्वारा सताइएका मुस्लिम अल्पसङ्ख्यकका करिब सात लाख ५० हजार सदस्यलाई मुलुकबाट निकालेपछि बङ्गलादेशमा शरणार्थी शिविरहरूमा सयौँ रोहिङ्ग्या केटा तथा युवाहरूलाई कब्जा गरिएको छ । बङ्गलादेशमा उनीहरूले सुरक्षा खोजेका थिए ।

शिविरका बासिन्दा, संयुक्त राष्ट्रसङ्घको प्रतिवेदन र विश्लेषकहरूका अनुसार अब म्यान्मा जुन्तासँग काम गर्ने रोहिङ्ग्या विद्रोहीहरूले शरणार्थीहरूलाई भर्ती गरिरहेका छन् ।

विद्रोहीहरूका अनुसार उनीहरूका साथी रोहिङ्ग्यालाई म्यान्माको अर्को विद्रोही बल अराकान आर्मी (एए)मा साझा दुश्मनको सामना गर्नका लागि उनीहरूलाई निर्वासनमा पठाएको उही सेनासँग गठबन्धन गर्न आवश्यक छ ।

बङ्गलादेशको कक्स बजार जिल्लाको कुटुपालोङ शिविरमा ‘अज्ञात आक्रमणकारीहरूले’ २२ वर्षीय विद्यार्थी नुर अबसार र २१ वर्षीय शिक्षक नुर फैसलको हत्या गरेको प्रहरीले बताएको छ ।

कुटुपालोङका प्रहरी प्रवक्ता अरेफिन ज्वेलले भन्नुभयो, “एक जनाको घटनास्थलमै र अर्कोको अस्पतालमा मृत्यु भयो, यो जबर्जस्ती भर्तीको मामिला हो होइन भन्नेबारे हामी जाँच गरिरहेका छौँ ।”

तथापि फैसलका बुबाले यसका लागि रोहिङ्ग्या सोलिडारिटी अर्गनाइजेसन ९आरएसओ० लाई दोष दिनुभएको छ । पैँतालिस वर्षीय जाकिर अहमदले भन्नुभयो, “आरएसओ मेरो छोरोको विद्यालय गयो र उसलाई भर्ती गर्न खोजेको थियो, मेरो छोरोले अस्वीकार गर्यो ।”

अहमदले छोराले युवाहरूलाई दबाब दिन शिविरमा घुमिरहेका ती बन्दुकधारीहरूलाई रोक्नका लागि सामुदायिक रक्षकका रूपमा पनि काम गरिरहेको बताउनुभयो । 

“उसले अन्य युवा रोहिङ्ग्याहरूलाई सशस्त्र समूहद्वारा जबर्जस्ती भर्ती गर्नबाट बचाउन रातको गार्डका रूपमा पनि काम गरिरहेको थियो”, उहाँले भन्नुभयो, “आरएसओ बन्दुकधारीहरूले उनलाई गोली हानी हत्या गरे, आरएसओले मेरो छोरालाई मार्यो ।”

“यो दुःखद हत्याले रोहिङ्ग्या सशस्त्र समूहहरूबाट शरणार्थीहरूले सामना गर्ने बढ्दो खतरालाई उजागर गर्दछ”, इन्टरनेसनल क्राइसिस ग्रुप थिङ्क–ट्याङ्कका थोमस किनले भन्नुभयो, “अहिले वर्षौंदेखि समूहहरूलाई दण्डहीनताका साथ काम गर्न अनुमति दिइएको छ र शरणार्थीहरू वास्तवमै विखण्डन हुने विन्दुमा छन् ।”

‘हजारौँ शरणाथीहरू’ लाई रोहिङ्ग्या सशस्त्र समूहरूले भर्ती गरेको र म्यान्मामा पठाएको आफ्नो शोधबाट थाहा भएको उहाँले बताउनुभयो । 

रोहिङ्ग्या लडाकूहरूले रखाइन राज्यमा म्यान्माको नियमित सेनासँग मिलेर लडिरहेका छन् । उनीहरू करिब छ लाख रोहिङ्ग्याको घरसमेत भएको रखाइन राज्यमा एएलगायतका सेनासँग लडिरहेका छन् । एएले रखाइन राज्यमा जातीय राखिन जनसङ्ख्याका लागि अधिक स्वायत्तता चाहेको बताएका छन् ।    

प्रकाशित मिति: १७ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्