वातावरण दिवसको अवसरमा तेस्रो सांग्रिला साइकल र्याली सम्पन्न


 


काठमाडौं, जेठ १९ । विश्व वातावरण दिवसका अवसरमा आज (शनिबार) सांग्रिला डेभलपमेन्ट बैंकले डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बि वाइ डी, एफवान सफ्ट र फोन–पे तथा अन्य ३५ भन्दा वढी संघ संस्थाहरुसँगको सहकार्यमा साइकल र्याली सम्पन्न गरेको छ ।

‘इन्धन बचाऔं, वातावरण जोगाऔं’ भन्ने नाराका साथ साइकल र्याली आयोजना गरिएको हो ।

आयोजित र्यालीमा बंैकका संचालक लिसा शेरचनबाट साइकल र्यालीमा सहभागीहरुलाई वातावरण संरक्षणका सन्दर्भमा सर्वसाधरणको दायित्व विषयमा संवोधन गरिएपश्चात साइकल र्यालीको शुरुवात गरिएको थियो ।

बिहान ७ः४५ बजेदेखि सानो गौचरन मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटी, दरबार मार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुलीबजार पुलकोरिडोर बाटो हुँदै सेतोेपुल, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानोगौचरन मैदानमापुगेर करिब १० किलोमिटरको दुरीको यात्रा सम्पन्न भएको थियो ।

उक्त साइकल र्यालीमा बैंकका संचालक, कर्मचारी, ग्राहकवर्ग, शेयरधनी, प्रवद्र्वक, प्रायोजक एवं यस बंैकप्रति सद्भाव राख्ने सम्पूर्ण शुभेच्छुकहरुको बाक्लो उपस्थिति थियो ।

वि.सं २०७९ सालमा १५० जना सहभागीहरुबाट शुरु भएको साइकल र्याली यस तेस्रो संस्करण साइकल ¥यालीसम्म आइपुग्दा १५०० जनाभन्दा वढीको सहभागिता रहेको थियो । साइकल र्यालीमा सांग्रिला डेभलपमेन्ट बैंकले वातावरण संरक्षणप्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसाथ गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रण तथा वातावरण संरक्षणमा टेवा पु¥याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ ।

वातावरणलाई सफा स्वच्छ राख्ने उद्देश्यका साथ ‘सेभ फ्युल, सेभ इन्भाइरोमेन्ट’ भन्ने नारा लिएर अगाडि बढेको कार्यक्रमहरुलाई बैंकले निरन्तरता दिँदँ जाने जनाएको छ ।

सो साइकल र्यालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई टिसर्ट प्रदान गरिनुका साथै विभिन्न संस्थाहरुका तर्फबाट उपलब्ध गराइएको उपहारहरु गोलाप्रथामार्फत उपलब्ध गराइएको थियो ।

साथै साइकल र्यालीमा सहभागी भएका एक जना भाग्यशाली सहभागी भक्तपुरका रविन रचालिकालाई लक्की ड्रबाट उपहार स्वरुप एउटा साइकलसमेत प्रदान गरिएको थियो ।

साइलक र्यालिकै दिन पारेर बैंकले ग्रिन सेभिङ्ग सम्वन्त्री प्रोडक्ट समेत लन्च गरेको छ । यस किसिमको प्रोडक्टमा जति खाता खोलिन्छ सोही संख्यामा बैंकले वृक्षारोपण गर्ने विशेषता उक्त प्रोडक्ट पेपरको रहेको बैंकले जनाएको छ ।

साइकल र्यालीको समापन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले दिवसको अवसरमा गरिएको साइकल र्यालीमा भएको उत्साहपूर्वक सहभागीताका लागि धन्यवाद ज्ञापन गरे ।

प्रकाशित मिति: १९ जेष्ठ २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्