गाजालाई बचाउन पर्याप्त खाद्यान्न आवश्यक : यूएनआरडब्लूए


 


कायरो । गाजामा रहेको प्यालेस्टिन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघको राहत तथा कार्य निकाय (यूएनआरडब्लूए) का एक अधिकारीले आइतबार घेरामा परेका प्यालेस्टिनी एन्क्लेभका मानिसहरूलाई भोकमरीबाट बच्न पर्याप्त खाद्यान्न सहायता आवश्यक रहेको बताएका छन् ।

“गाजाको सीमा क्षेत्रमा कुनै सुरक्षित क्षेत्र छैन र मानवीय संकट झन् जटिल हुँदै गइरहेको छ”, गाजामा यूएनआरडब्लूएका कार्यवाहक सार्वजनिक सूचना अधिकारी इनास हमदानले इजिप्टको सरकारी अल–काहेरा न्यूज टेलिभिजन नेटवर्कसँगको कायरोमा प्रत्यक्ष अन्तर्वार्तामा भने ।

उनले इजराइली आक्रमणका बीच दक्षिणी सहर रफाहबाट भागेका प्यालेस्टिनीहरूले दक्षिणी गाजा सहर खान युनिस र मध्य गाजाका आश्रय केन्द्रहरू भरिएको र प्रत्येक केन्द्रमा जम्मा भएका मानिसको सङ्ख्या करिब १६ हजार रहेको बताए ।

टोलीहरूले स्वास्थ्य सेवाहरू प्रदान गर्न र आश्रयहरूमा खाद्य आपूर्तिहरू वितरण गर्ने प्रयास गरिरहेका भन्दै उनले अनिकालबाट बच्न पर्याप्त खाद्य सहायता चाहिने धारण राखे । रासस/सिन्ह्वा

प्रकाशित मिति: २१ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्