चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ


 


काठमाडौँ, जेठ २१ । चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् ।

आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीले काठमाडौँको कमलपोखरी क्षेत्रबाट उनलाई पक्राउ गरेको हो ।

आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको भन्दै निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए ।

प्रकाशित मिति: २१ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्