कतारमा दिउँसोको चर्को घाममा श्रमिकलाई काम लगाउन नपाइने


 


काठमाडौं । खाडी क्षेत्रमा गर्मी बढेसँगै कतारको प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले यो वर्षको गर्मी महिनाका लागि पछिल्ला वर्षहरू झैं काम गर्ने समय तोकेको छ ।

खुला कार्य क्षेत्रमा काम गर्ने कामदारका लागि जुन १ देखि सेप्टेम्बर १५ तारिखसम्मका लागि काम गर्ने समयसीमा तोकेको हो । खुल्ला कार्यक्षेत्र वा घाममा काम गर्नुपर्ने कामदारका लागि मात्र यो नियम लागू हुने मन्त्रालयले जनाएको छ।

यस्ता कार्य क्षेत्रमा काम गराउने कम्पनीले बिहान १० देखिदेखि अपराह्न साढे ३ बजेसम्मका लागि काम बन्द गर्नु पर्नेछ । साथै कार्य समयतालिकाको सूचनापत्र कामदारले र श्रम निरीक्षकले निरीक्षण गर्न आएको बेला सजिलै देख्नेगरी टाँसिएको हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले भनेको छ, ‘नयाँ निर्णयले तातो तनावको जोखिम कम गर्न मद्दत गर्दछ जुन कामदारले सामना गर्न सक्दछन् र गर्मी अवधिमा लागू हुने स्वास्थ्य र सुरक्षा योजनालाई समर्थन गर्दछ ।’

नियम उल्लघंन गर्ने कम्पनीविरुद्ध कडा कारबाहीको चेतावनीसमेत दिइएको छ । राजधानी दैनिकबाट

प्रकाशित मिति: २३ जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्