गाउँमा थ्रीजी, सहरमा फोरजी


 


काठमाडौं, पुस २८
मुलुकमा मोबाइलको प्रयोग बढेसँगै यसबाटै इन्टरनेट चलाउनको संख्या समेत उल्लेख्य बढेको छ। इन्टरनेटमा आम नेपालीको पहुँच बढाउन दूरसञ्चार कम्पनीहरूको भूमिका रहेको छ।

यी कम्पनीहरू पनि प्रविधिको विकाससँगै सेवाग्राहीलाई नवीन प्रविधिमा सेवा बिस्तार गर्न तीब्र प्रतिस्पर्धा गरिरहेका छन्।

तीन वर्ष अघिसम्म सहरमा पनि राम्रोसँग नचल्ने थ्रीजी (थर्ड जेनेरेसन) सेवा अब गाउँसम्मै पुगिसकेको छ भने नयाँ वर्षसँगै सहरी क्षेत्रका उपभोक्ताले फोरजी चलाउन थालिसकेका छन्।

नेपाल टेलिकमले हाल राजधानी काठमाडौं र पोरखामा फोरजी सेवा संचालनमा ल्याएको छ।

सहरमा फोरजी सेवा सञ्चालन भइरहँदा सेवा प्रदायक कम्पनीहरू गाउँँमा भने थ्रीजी सेवा विस्तारमा आक्रामक रूपमा प्रस्तुत भएका छन्। यसले गाउँदेखी सहरसम्म डेटा सेवाको पहुँच उल्लेख्य बढेको देखिन्छ। आजको कारोबार दैनिकमा समाचार छ ।

प्रकाशित मिति: २८ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्