आज पनि बढ्यो सुनको भाउ


 


काठमाडौं, पुस २८

आज पनि सुनको भाउ बढेको छ । हिजो प्रतितोला ५४ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको सुनको भाउ आज प्रतितोलामा ३ सयले बढेर ५४ हजार ६ सयमा कारेबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

सुनको भाउ केही सातादेखी लगातार उकालो लागिरहेको छ । त्यस्तै चाँदीको भाउमा आज कुनै परिवर्तन भएको छैन । आज प्रतितोला चाँदी ७ सय ९० रूपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २८ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्