महालक्ष्मी कर्पोरेट क्रिकेट लिगका विजेतालाई पुरस्कार वितरण


 


काठमाडौं, जेठ २७ । महालक्ष्मी विकास बैंकको ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजित तेस्रो संस्करणको महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४ का विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ ।

यही जेठ २२ गते मंगलबारदेखि २४ गतेण्सम्म इमाडोल स्थित बलपार्क स्र्पोट्स इभेन्ट्स एण्ड एकेडेमीमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जितेको थियो । आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले द्वितीय स्थान हासिल गर्न सफल भयो । उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टिमले सहभागिता जनाएका थिए ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा विजेता प्राइम कमर्सियल बैंक, द्वितीय आइ.सि.एफ.सि. फाइनान्स, उत्कृष्ट फिल्डर प्राइम कमर्सियल बैंकका विवेक डाली, उत्कृष्ट विकेट–किपर माछापुच्छे« बैंकका निशेस के.सी, उत्कृष्ट बलर एभरेष्ट बैंकका रोशनमहत, उत्कृष्ट ब्याट्सम्यान एनएमबी बैंकका अनिल बर्तौला, उत्कृष्ट खेलाडी आइ.सि.एफ.सि.फाइनान्सका सुरज तिमिल्सिनालाई ट्रफी प्रदान गरिएको छ ।

सो अवसरमा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर मिश्रले यस क्रिकेट लिगलगायत अन्य सामुहिक खेलले बैंक तथा वित्तीय संस्थाहरु बिच भाइचारा, आत्मियता, सद्धभाव, मित्रता बढाउन थप सहयोग पुग्नुका साथै कर्मचारीहरुलाई बैंकिङ गतिविधिमा मात्रै सिमित नराखी उनीहरुलाई मनोञ्जन प्रदान गर्न र उत्पादनशीलतामा वृद्धि गर्न मद्दत पुग्ने बताउनुभयो ।

उहाँले नेपाली क्रिकेटको विकासको लागि सम्पूर्ण संस्थाले आफ्नो क्षेत्रबाट योगदान पु¥याउन समेत आग्रहगर्नुृभयो ।

कार्यक्रममाबोल्दै महालक्ष्मी विकास बैंक लिमिटेड तथा उक्त कार्यक्रमका अध्यक्ष राजेश उपाध्यायले यस्ता खेलहरुले कर्मचारीहरुमा समूह निर्माण गर्न, समुहमा नेतृत्वदायी भूमिका निर्वाह गर्न, कार्यकुशलतामा अभिवृद्धि गर्न मद्दत पु¥याउने हुँदा समय समयमा यस्ता गतिविधि सञ्चालन गर्न जरुरी रहेको बताउनुभयो ।

यस्तै उहाँले महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४ का सम्पूर्ण प्रायोजकहरु, सहभागी बैंक तथा वित्तीय संस्थाहरु, प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कार्यक्रम सम्पन्न गर्न सहयोय गर्नेहरुप्रति आभार व्यक्त गरे ।

साथै ३०औँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा बैंकले ग्राहकवर्ग, शेयरधनी, नियमनकारी निकायहरुलाई कृतज्ञता जाहेर गर्नुभयो ।

प्रकाशित मिति: २७ जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्