सुनको भाउ बढ्यो


 


काठमाडाैं, माघ २

आज सुनको भाउ बढेको छ । साताको अन्तिम दिन ५४ हजार ६ सय रूपैयाँमा कारोबार भएको सुनको भाउ आज साताको पहिलो दिन प्रतितोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ५४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको भाउ पनि बढेको छ । आज प्रतितोला चाँदी ७ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ । यसअघि साताको अन्तिम दिन चाँदी प्रतितोला ७ सय ९० मा कारोबार भएको थियो ।

प्रकाशित मिति: २ माघ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्