कति छ आज सुनको भाउ ?



काठमाण्डौ, माघ ४

सुनको मूल्य मंगलबार सामान्य बढेको छ। सोमबारदेखि दुई तवरले वर्गीकरण गरेर सुनको मूल्य निर्धारण गर्न थालिएको छ।जसअन्तर्गत ९९ दशमलव ९९ प्रतिशत शुद्धता रहेको सुनलाई ‘फाइन गोल्ड’ र ९९ दशमलव ५० प्रतिशत शुद्धता रहेको सुनलाई ‘स्टाण्डर्ड गोल्ड’ भनी सुनचाँदी व्यवसायी महासंघले वर्गीकरण गरेको हो।

यसअनुरुप आज फाइन गोल्डको मूल्य प्रतितोला ५५ हजार ३ सय रुपैयाँ छ। जुन अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँ महँगो हो। स्टाण्डर्ड गोल्डको मूल्य प्रतितोला ५५ हजार रुपैयाँ रहेको छ। यो मूल्य अघिल्लो दिनकै हो।

चाँदी भने प्रतितोला ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News