धुर्मुस सुन्तली फाउन्डेसनलाई १५ लाख सहयोग


 


काठमाडौँ, माघ ४

कृषि विकास बैंकले स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा धुर्मुस सुन्तली फाउन्डेसनलाई रू १५ लाख सहयोग गरेको छ ।

भूकम्पपछि देशका विभिन्न स्थानमा एकीकृत वस्ती निर्माणमा फाउन्डेसनले सहयोग गरी पीडितलाई सेवा गरेकाले थप वस्ती विकासका लागि आज रकम हस्तान्तरण गरिएको हो ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेललाई रकम हस्तान्तरण गर्दै बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो सहयोग उपलब्ध गराएको जानकारी गराउनुभयो ।

सो रकम प्राप्त गरेपछि कट्टेलले महोत्तरीका मुसहर वस्तीमा एकीकृत नमुनाका ५० भवन संरचना निर्माण गर्न लागिएको बताउँदै बैंकबाट प्राप्त भएको सहयोग त्यस कार्यका लागि खर्च गरिने जानकारी दिनुभयो ।

यसैबीच विसं २०२४ माघ ७ गते स्थापना भएको सो बैंकले माइतीघर मण्डलामा हरियाली बनाउन तथा समाजका विभिन्न क्षेत्रमा सामाजिक सेवाका लागि आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

स्थापनाकालदेखि अहिलेसम्म बैंकले रू सात खर्ब १७ अर्ब कर्जा प्रवाह तथा छ खर्ब २९ करोड कर्जा असुली गरेको छ । बैंकले आव २०७२÷७३ मा रू दुई अर्ब ३० करोड मुनाफा गरेको छ ।

प्रकाशित मिति: ४ माघ २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्