आजदेखि भारतको बिजुली सिधै काठमाडौंमा


 


काठमाडौं, माघ ५

विद्युत् प्राधिकरणले ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन हुँदै भारतबाट आयातित १ सय २० मेगावाट बिजुलीमध्ये २० मेगावाट आज बिहानदेखि सिधै काठमाडौं ल्याउन थालेको छ।

२०५९ र ६० मा सुरु भएको खिम्ती-ढल्केबर २२० केभीको प्रसारण लाइनको निर्माण कार्य विभिन्न अवरोध पार गर्दै १४ वर्षपछि सम्पन्न भएकाले भारतबाट ढल्केबर ल्याइएको बिजुली मंगलबारदेखि सिधै काठमाडौं ल्याउन सम्भव भएको हो ।

हाल उक्त प्रसारण लाइन सिंगल सर्किटमा मात्र सञ्चालन गरिएको छ। छिट्टै डबल सर्किटमा सञ्चालन गरिने बताइएको छ ।

प्रकाशित मिति: ५ माघ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्