अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७३ साल माघ ६ गते बिहीबार। इश्वी सन् २०१७ जनवरी १९ तारिख। नेपाल संवत् ११३७ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– सप्तमी, १६:२२ बजेउप्रान्त अष्टमी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा चुनौतिहरुको सामना गर्नुपर्नेछ । सामाजिक सभा सम्मेलनमा जाने अवसर मिल्नेछ । बैदेशिक काममा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सोचेको आटेको काममा सफलता मिल्नेछ । चुनौतीहरू पन्छाउदै कामहरु अगाडी बढाउन सकिनेछ । पढाई लेखाइमा प्रगति हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मेहनतको उचित मुल्यांकन हुनेछ । आम्दानीका श्रोतहरु फेला पर्नेछन । आमाबुवाको सहयोग मिल्नेछ भने मन खुसि रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) काम गर्ने उत्साह र हौसला मिल्नेछ । ठुला व्यक्तिले भरोसा गर्नेछन । समाजमा प्रतिष्ठा कमाउने काम गर्ने अवसर प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काममा परिवारको सहयोग मिल्नेछ । पारिवारिक जमघटमा समय बित्नेछ । बोलीको प्रभाब बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धेरैले तपाइको इमान्दारिताको प्रसंसा गर्नेछन । महत्वपूर्ण काममा सफलता पाउने योग रहेको छ । प्रतिष्ठा कमाउने बेला छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सहयोगीहरूले काममा राम्रो साथ दिनेछन । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन भने नयाँ काममा हात हाल्ने मौका मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) साझेदारी काममा फाइदा मिल्नेछ । धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन । प्राबिधिक क्षेत्रमा प्रगति हुनेछ । लेनदेनमा विवाद बढ्न सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कृषि काममा फाइदा हुनेछ । लगानीबाट राम्रो प्रतिफल मिल्नेछ । न्यायिक काममा सफलता मिल्दा मन खुसि रहनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सजिलै अरुको बिश्वास जित्न सकिनेछ । राज्यबाट मानसम्मान मिल्नेछ भने सामाजिक कामको दायित्व बढ्नेछ । थकान महसुस हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोकिएका, बिग्रिएका अधुरा कामहरु सुचारु हुनेछन । नयाँ कामको जिम्मेवारी प्राप्त हुनेछ । परोपकारी कामबाट प्रतिष्ठा मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पढाई लेखाइमा प्रगति हुनेछ । बैदेशिक रोजगारीका लागि विदेश जाने योग रहेको छ । स्वास्थ्य समस्याले सताउने देखिन्छ ।

प्रकाशित मिति: ६ माघ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्