अाजकाे राशिफल


 


अाज मित वि.सं. २०७३ साल माघ ७ गते शुक्रबार। इश्वी सन् २०१७ जनवरी २० तारिख। नेपाल संवत् ११३७ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– अष्टमी, १८:०३ बजेउप्रान्त नवमी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तहरुले सहयोग गर्ने तत्परता देखाउनेछन । काममा चुनौतिको सामना गर्नुपर्नेछ । आकस्मिक धन लाभ हुनेछ । मन प्रसन्न रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दाम्पत्य जीबन सुखमय बित्नेछ । काममा बिभिन्न अवसरहरु प्राप्त हुनेछन । सोचे भन्दा आम्दानी धेरै हुनेछ । रोकिएका अधुरा कामहरु सफल हुनेछन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मेहनत गरे काममा सफलता मिल्ने योग रहेको छ । शत्रुहरु पराजित हुनेछन । रोकिएका काम बन्नाले उत्साह र हौसला बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लामो समयपछि साथीभाईसंग भेटघाट हुँदा मन प्रसन्न रहनेछ । सामाजिक मानसम्मान मिल्नेछ । सन्तानको सहयोगमा कामहरु बन्नेछन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पढाई लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । नयाँ काममा हात हाल्ने समय छ । राज्यबाट मानसम्मान मिल्ने योग छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सोचेको आटेको काममा सफलता मिल्दा मन प्रसन्न रहनेछ । काममा परिवारको सहयोग मिल्नेछ । स्वास्थ्यमा समस्या देखिनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सुखदुखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । परिवारको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ । पुराना समस्याको सामना गर्नुपर्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सोचेको आटेको काममा सफलता मिल्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । काम गर्ने उत्साह र हौसला बढ्नेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोकिएका अधुरा कामहरु सफल हुनेछन । न्यायिक काममा सफलता मिल्नेछ । ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) स्वास्थ्यमा सुधार आउनेछ । ब्यापार ब्यबसायबाट फाइदा हुनेछ । कृषि कामबाट लाभ मिल्नेछ भने नयाँ काममा हात हाल्ने अवसर मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पारिवारिक सम्बन्धमा सुधार आउनेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । बिग्रिएको सम्बन्धलाई सुधार्ने मौका मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ । भोज भतेरमा जाने अवसर मिल्नेछ । बोलीको प्रभाब बढ्नेछ भने बौद्धिक काममा सफलता मिल्नेछ ।

प्रकाशित मिति: ७ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्