Deshko News
११ आश्विन २०८०, बिहिबार

भारतीय राजदूतलार्इ कालाे झण्डा



काठमाडाैं, माघ ७

निर्माण सम्पन्न नभई हुलाकी राजमार्ग उद्घाटन गरिएको भन्दै कैलालीका स्थानीयले भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक र भारतीय राजदूत रञ्जित रेलाई कालो झण्डा देखाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरुले भारतीय राजदूत रञ्जित रेलाई कालोझण्डा देखाएका हुन् ।

अाजकाे नागरिक दैनिकका अनुसार हुलाकी सडकको जिरो प्वाइन्ट रहेको धनगढीको क्याम्पस चोकमा बिहीबार हुलाकी सडकको उद्घाटनका लागि कैलाली पुगेका राजदूत रेलाई एमाले र जनमोर्चाका कार्यकर्ताहरुले कालोझण्डा देखाएका हुन्।

कार्यक्रम स्थलमा सहभागीहरुले फुलको माला लगाइरहेका बेला जनमोर्चा निकटको विद्यार्थी संगठन अखिल छैठाैंका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला अध्यक्ष उमेश कडेलले कालो कपडाको माला लगाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति: ७ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News