एसएलसीको रिजल्ट कहाँ र कसरी हेर्ने ?


 


काठमाडौं, असार ४

२०७१ सालको एसएलसी परीक्षाको नतिजा अाज सार्वजनिक हुँदैछ । सरकारले एसएलसीको परीक्षाफल थाहा पाउन एसएमएस, आइभीआर र वेवसाइटमा हेर्न मिल्ने व्यवस्था गरेको छ ।

एसएलसीको रिजल्ट विभिन्न नम्बरमा एसएमएस पठाएर, शिक्षा मन्त्रालय, विभाग र परीक्षा नियन्त्रण कार्यलयको वेवसाइटसँगै अरु धेरै वेवसाइटमा पनि परीक्षाफल हेर्न सकिन्छ ।

इन्टरनेटको पहुँच नभएकाहरुले एसएमएस गरेर पनि परीक्षाफल थाहा पाउन सकिनेछ । जसका लागि SLC लेखेर एक स्पेस दिएपछि सिम्वल नम्बर लेखेर १६००, ५५६६, ५००१, ४९४९, ५२२५, ७६७६ मा एसएमएस गर्न सकिन्छ ।

सिधै १६०० मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसैगरी शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np मा परीक्षाफल हेर्न सकिन्छ ।

शिक्षा विभागको वेवसाइट www.doe.gov.np र परीक्षा नियन्त्रण कार्यलय सानोठिमीको वेवसाइट www.soce.gov.np मा परीक्षाफल हेर्न सकिनेछ । योसँगै www.slc.ntc.net.npwww.ncell.com.np मा परीक्षाफल हेर्न सकिनेछ ।

प्रकाशित मिति: ४ असार २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्