जलविद्युत्मा दुई अर्ब ४३ करोड बढीको लगानी प्रतिवद्धता



काठमाडौँ, माघ ८

ऊर्जा मन्त्रालयले अभियानका रुपमा सुरु गरेको ‘नेपालको पानी जनताको लगानी’ शीर्षकमा हालसम्म रु दुई अर्ब ४३ करोड २९ लाख ४५ हजार ९४३ बराबरको प्रतिवद्धता प्राप्त भएको छ ।

ऊर्जा मन्त्री जनार्दन शर्माको सचिवालयका अनुसार दैनिकजसो नै लगानी प्रतिवद्धता गर्नेको सङ्ख्या बढ्दै गएको छ । संस्थागत रुपमा भन्दा पनि व्यक्तिगत रुपमा लगानी प्रतिवद्धता गर्नेहरु क्रमशः बढ्दै गएका छन् ।

आन्तरिक रुपमा जलविद्युत् आयोजनामा कति लगानी जुट्छ भन्ने पत्ता लगाउन मन्त्रालयले गत महिनाबाट नागरिकलाई प्रतिवद्धता जनाउन आग्रह गरेको थियो ।

हालसम्म २४ हजार २४९ जनाले लगानी प्रतिवद्धता जनाएका छन् भने संस्थागत रुपमा २७ वटा संस्थाले लगानी प्रतिवद्धता जनाएको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संस्थागत रुपमा रु आठ करोड ६१ लाख ७५ हजार लगानीे प्रतिवद्धता आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News