दुर्घटनामा दुई जनाको मृत्यु


 


रुपन्देही, माघ १०

रुपन्देहीको बुटवलमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुटवलस्थित मनकामना चोकमा पैदलयात्रीलाई ठक्कर दिने सवारी साधन र चालक फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय रुपनदेहीले जानकारी दिएको छ ।

यसैबीच सप्तरीमा तीव्रगतिको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटर साइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

को २६ प ३००१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुने दुवैको पहिचान खुल्न सकेको छैन ।

प्रकाशित मिति: १० माघ २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्