प्याराग्लाइडिङ दुर्घटनामा बेलायती नागरिकको मृत्यु



पोखरा , माघ १०

पोखरामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा एक बिदेशी नागरिकको मृत्यु भएको छ । आइतबार दिउँसो प्याराग्लाइडिङ गर्ने क्रममा प्याराग्लाइडिङ दुर्घटना हुँदा बेलायती नागरिक ६८ वर्षीय मिचेल पिटर ब्ल्यानचार्डको मृत्यु भएको हो ।

कास्कीको सराङकोटबाट उडेका उनी उड्ने क्रममा अनियन्त्रित भई रुखमा ठोक्किँदा गम्भीर घाइते भएका थिए । उनको तत्कालै उद्धार गरेर पोखराको मेट्रोसिटी अस्पतालमा उपचारका लागि ल्याइए पनि उपचारका क्रममा राति मृत्यु भएको कास्कीका प्रमुख प्रहरी उपरिक्षक घनश्याम अर्यालले जानकारी दिए ।

वेलायतबाट २१ जनवरीमा काठमाडौं आएका पिटर २२ तारिखमा नेपाल नागरिक उड्डयन कार्यालय पोखराबाट सोलो प्याराग्लाइडिङको अनुमति लिएका थिए ।  पिटरको शव हाल पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ । पोष्टमार्टमपछि शव आफन्तलाई बुझाइने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News