Deshko News
८ आश्विन २०८०, सोमबार

खाजा खर्च कटाएर मिर्गाैलापीडितलाई सहयोग



फलेवास (पर्वत), माघ ११

गुप्तेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर एकै परिवारका चारजना मिर्गौलापीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

विद्यार्थीले आफूले खाने खाजा खर्च कटाएर सबै विद्यार्थीसँग आर्थिक सहयोग जुटाएर मिर्गौलापीडितलाई उपचारको लागि सहयोग गरेका हुन् ।

जिल्लाको कुर्घा–३ का तिलोचन शर्माका एक छोरा, दुई छोरी र श्रीमतीको मिर्गौलाको उपचारको लागि सहयोग गरिएको हो । उक्त सहयोग रकम आइतबार एक कार्यक्रमको अवसरमा पर्वत जिल्ला क्षेत्र नम्बर १ का सांसद अर्जुनप्रसाद जोशीको हातबाट रु २४ हजार ३४० हस्तान्तरण गरिएको छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद जोशीले विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर मिर्गौलापीडितको लागि गरेको काम उदाहरणीय रहेको बताउनुभयो । एक परिवारमा समस्या पर्दा विद्यार्थी पनि सक्रिय भएर आर्थिक एवम् अन्य सामाजिक सहयोगमा लागेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले एकै परिवारका चार सदस्यको मिर्गौला फेल हुँदा परिवारमा हुने पीडालाई कसैले पनि भन्न नसकिने बताउनुभयो ।

उहाँले मिर्गौलापीडितको लागि सरकारको सहयोग उपलब्ध गराउने भन्दै आफूले स्वास्थ्य मन्त्रालयमा पत्राचार गरेको समेत बताउनुभयो । रकम बुझ्दै पीडित शर्माले विभिन्न सहयोगी हातको सहाराले उपचार जुटेको जनाउँदै परिवारिक बज्रपातमा विद्यार्थीले पनि ठूलो गुन लगाएको बताउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा गुप्तेश्वर क्याम्पसका क्याम्पस प्रमुख रामजीप्रसाद सुबेदी, क्याम्पस ब्यवस्थापन समितिका सदस्य कुलप्रसाद पाध्या लगायतले बिद्यार्थीहरुले मिर्गौला पिडित परिबारको लागि सानो भएपनि सहयोग जुटाएकोमा खुसी ब्यक्त गर्नूभएको थियो ।

बिद्यार्थी तथा सहयोग हस्तान्तरण कार्यक्रमका संयोजक शिशिर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यार्थी दिपेन्द्र पोख्ररेलले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो । रासस

प्रकाशित मिति: ११ माघ २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News