सुनको भाउ घट्यो


 


काठमाडाैं, माघ १२

पहेलो धातु अर्थात सुनको मूल्यमा केहि उतरचडाव आएको छ । मंगलबार फाइन गोल्डको मूल्य प्रतितोला ५५ हजार सात सय रहेकोमा आज प्रतितोलामा चार सयले घटेर ५५ हजार तीन सयमा कारोबार भइरहेको छ ।

त्यस्तै स्टाण्डर्ड गोल्डको मूल्य हिजो ५५ हजार चार सय रूपैयाँ रहेकोमा  आज चार सयले घटेर ५५ हजारमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि घटेको छ । आज प्रतितोलामा ५ रुपैयँँले घटेर चाँदी प्रतितोला ७ सय ९५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १२ माघ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्