काँग्रेस सभापति देउवाद्धारा बबई नदीमा पुलको शिलान्यास



दाङ, माघ १२

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज एक समारोहबीच दाङ पञ्चकुले गाविस –६ मठौराको बबई नदीमा पुलको शिलान्यास गरेका छन । रु २४ करोडको लागतमा निर्माण हुनलागेको सो पुलको लम्वाई दुई सय मिटर रहेका छन् । सो पुलको निर्माण कार्य २०७५ पुस महिनासम्म सम्पन्न गर्ने लक्ष्य लिएका छन् ।

सो अवसरमा सभापति देउवाले सडक सञ्जाल विकासको मेरुदण्ड भएको उल्लेख गर्दै पुल निर्माणसँगै यस क्षेत्रको विकासले गति लिने विश्वास व्यक्त गरे । पुल निर्माण भएसँगै स्थानीयवासीलाई आवतजावत गर्न तथा कृषि उपजलाई बजारसम्म पुयाउन सहज हुने बताउँदै तोकिएकै मितिमा काम सम्पन्न गर्न सम्बन्धीत निकायलाई आग्रह गरे ।

सिँचाइ मन्त्री दीपक गिरीले दाङ जिल्लामा रहेका नदी खोलामा पुल निर्माण गरी सडक सञ्जाललाई जोडने कार्यलाई सरकारले प्राथमिकता दिएको बताउँदै यहाँको सडक स्तरोन्नतिका लागि आफूले पहल गरिरहेको धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News