आज पनि घट्यो सुनको मूल्य


 


काठमाडौं, माघ १३

आज फाइन गोल्डको मूल्य घटेको छ । हिजो प्रतितोला ५५ हजार तीन सयमा कारोबार भइरहेको फाइन गोल्डको मूल्य प्रतितोलामा ३ सयले घटेर ५५ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै स्टाण्डर्ड गोल्डको मूल्य पनि घटेको छ । हिजो ५५ हजार रहेकोमा आज तीन सयले घटेर ५४ हजार ७ सयमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि घटेको छ । आज प्रतितोलामा ५ रुपैयँँले घटेर चाँदी प्रतितोला ७ सय ९० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १३ माघ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्