Deshko News
९ आश्विन २०८०, मंगलबार

सेयर बजार : दोहोरो अङ्कको गिरावट



काठमाडौँ, माघ १३

धितोपत्र बजारमा आजको नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । लगातार ओरालो लाग्दै आएको बजार आज थप ओर्लिएर एक हजार ३७५ बिन्दुमा आइपुगेको छ ।

क वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत १.५६ बिन्दुले घटेको छ । कुल १० लाख ४५ हजार ४४९ कित्ता सेयर रु ५१ करोड ५७ लाख ८० हजार ४६२ मा खरिद बिक्री भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ ।

स्टकका अनुसार बैंकिङ १.७५, होटल ०.३१, विकास बैंक १.२८, जलविद्युत् ०.२, फाइनान्स १.३७, बिमा १.५९ र अन्य समूह १.७८ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: १३ माघ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News