Deshko News
११ आश्विन २०८०, बिहिबार

लेबनानमा दुर्इ नेपाली महिला प्रकाउ



एजेन्सी, माघ १३

इजरायलको लागि जासूसी गरेको अभियोगमा लेबनानको जेनेरल सेक्युरिटी डिपार्टमेन्टले दुई नेपाली महिलासहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई लेबनानी र एक प्यालेष्टाइनी छन् ।

लेबनानकाे जेनेरल सेक्युरिटी निर्देशनालयको सञ्चार कार्यालयले विज्ञप्ती जारी गर्दै पक्राऊबारे पुष्टि गरेको अल्मानर डटकमसहित विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

पक्राऊ परेका नेपालीको जन्म सन् १९९१ र १९९३ रहेको विज्ञप्तीमा खुलाइएको छ । पक्राउ परेकाहरुले अनुसन्धानको क्रममा टर्की, जोर्डन, बेलायत र नेपालमा रहेको इजरायली दूताबासमा फोन सम्पर्क गरेको स्वीकारेको विज्ञप्तीमा भनिएको छ ।

पक्राउ परेका दुई नेपाली महिलाहरु नेपालबाट लेबनानमा घरेलु कामदार लैजान सक्रिय रहने गरेको र उनीहरुले त्यस्ता कामदारलाई इजरायली दूतावासको सम्पर्क दिएर लेबनानबारे जानकारीहरु दिन लगाउने गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अनुसन्धानपछि उनीहरुलाई सम्बन्धित अदालतमा उपस्थित गराइएको र जासूसीमा संलग्न अन्यको खोजी भइरहेको विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति: १३ माघ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News