आगलागीबाट ३ करोडको क्षति


 


सिरहा, असार ५

सिरहामा एक मोटर पार्टस् ग्यारेजमा आगलागी हुँदा करिब तीन करोड रुपैंयाँ बराबरको मालसामान जलेर नष्ट भएको छ ।

गोलबजार नपा–३ मा रहेको आयुष मोटरपार्टस् ग्यारेजमा शनिबार बिहानै २ बजे आगलागी हुँदा दुई लाख नगद सहित दुई करोड ९७ लाख ९३ हजारको मोटरका पार्टस, लुब्रिकेन्टस्, जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ

प्रकाशित मिति: ५ असार २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्