आज राष्ट्रिय शिक्षा दिवस, विभिन्‍न कार्यक्रम गरि मनाइँदै


 


काठमाडौं, असोज २ । राष्ट्रिय शिक्षा दिवस आज विभिन्‍न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता ः साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने आदर्श वाक्यका साथ यो दिवस देशैभर मनाउन लागिएको हो ।

नेपालको संविधानले प्रत्याभूत गरेको शिक्षासम्बन्धी मौलिक हकलाई कार्यान्वयनमा लैजाने क्रममा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय भएको थियो ।

दिवस मनाउनका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा राष्ट्रिय शिक्षा दिवस मूल समारोह समितिसहित विभिन्न उपसमिति गठन गरिएका छन् ।

राष्ट्रिय शिक्षा दिवस, २०८१ को अवसरमा उत्कृष्ट सार्वजनिक तथा निजी लगानीका विद्यालय, प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गतका प्राविधिक शिक्षालय, विश्वविद्यालयका उत्कृष्ट क्याम्पस र सामाजिक संघसंस्थालाई राष्ट्रिय स्तरमा पुरस्कृत गरिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: २ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्