साफ महिला च्याम्पियनशिप : उपाधिका लागि आज नेपाल र बङ्गलादेश भिड्दै


 


काठमाडौं, कार्तिक १४ । साफ महिला च्याम्पियनशिप फुटबलको उपाधिका लागि आज नेपाल र बङ्गलादेश फाइनल खेल्दछन् । खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ६ बजे शुरू हुनेछ ।

नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टीमा ४–२ ले हरायो भने बङ्गलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेका हुन् । नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११–० गोलअन्तरले हराएको थियो ।

त्यसैगरी नेपालले श्रीलङ्कालाई ६–० ले पराजित गरेको थियो । बङ्गलादेशले समूहको पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा भारतलाई ३–१ ले पराजित गरेको थियो ।

यसअघि पाँच पटक फाइनल पुगेर पनि उपविजेतामै सीमित नेपाल पहिलोपल्ट उपाधि जित्ने लक्ष्यमा छ भने एकपटक उपाधि जितेको बङ्गलादेश फेरि उपाधि जित्ने प्रयासमा छ ।

प्रकाशित मिति: १४ कार्तिक २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्