बंगलादेशले जित्यो महिला साफ च्याम्पियनसीपको उपाधिः नेपाल उपविजेता
काठमाडौँ, १४ कात्तिक । साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि बंगलादेशले जितेको छ।
बंगलादेशले लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको हो।
बुधबार दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको हो।
खेलको ८१ औं मिनेटमा बंगलादेशका रितु चक्माले नेपालविरुद्ध निर्णायक गोल गरिन्।
पहिलो हाफमा गोललरहित बराबरी खेलेको नेपालविरुद्ध दोस्रो हाफको ५२ मिनेटमा बंगलादेशका मोनिका चक्माले पहिलो गोल गरेको थिइन्। त्यसको चार मिनेटमा नेपालकी अमिशा कार्कीले गोल फर्काएकी थिइन्, तर पुनः ८१ मिनेटमा नेपालका गोलकिपर एन्जिला तुम्बापो लिम्बुको बचाउने प्रयास असफल हुँदा नेपालले उपविजेतामा चित्त बुझाउनु परेको हो।
प्रकाशित मिति: १४ कार्तिक २०८१, बुधबार