मेरो प्याराे भूकम्प


 


Arjun-Khanal-finalदिनको मध्यान्हमा आयौ तिमी
रात्रीको चालमा गयौ कहाँ ।
मृत्यूको घण्टी घरमा बजाई
मायाँ रोप्यौ पालमा किन ।।
०००००००००
चञ्चलता आफ्नो गोप्य राख्यौ
छरपष्ट मलाई बनायौ किन ।
मयाको स्वार्थ माया हुन्छ
जालझेलको पर्दा बुन्यौ किन ।।
०००००००००
तिम्रो मन नदुखेनी हुने
मेरो मन दुख्ने भयो किन ।
लुक्यौ तिमी मेरै मनमा
खोजुँ मैले कहाँ-कहाँ ।।
०००००००००
शब्दहिन अतृप्त स्नेह माया मेरो
जडमा तिम्रो बन्दी भो किन ।
शून्यमा खेल्नु म एक्लो कसरी
तिमीसँगको लुकामारी खेल ।    ।

न्याय नपाई तामेली भो मेरो मायाँ
मेरो प्यारी भूकम्पको बिझाउने त्यो मायाँ ।

–अर्जुनप्रसाद खनाल

onlinekhabar बाट

प्रकाशित मिति: ६ असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्