भेडेटार-बुधबारे सडकलाई २ अरब ३५ करोड


 


सडक निर्माणको काम १ महिनाभित्र सुरु गर्ने मन्त्री निधिको आश्वासन

 धनकुटा, असार ६
भौतिक पूर्वाधार तथा निर्माण मन्त्री विमलेन्द्र निधिले धनकुटाको भेडेटार-६ नम्बर बुधवारे सडकखण्ड कालोपत्रे गर्न २ अरब ३५ करोड रुपैयाँ बजेट छुट्याइने बताएका छन् ।

मुढेवास गाविसमा आइतबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले उक्त सडक १ महिना भित्र निर्माण प्रक्रिया सुरु गरिने समेत बताए ।

मन्त्री निधीले आइतबारै बुधवारेमा महेन्द्रनारायण नीधि अस्पतालको भवन शिलान्यास तथा भेडेटार, डाँडाबजार, राजारानी र वुधवारेका कार्यकर्तासँग भेटघाट गरेका छन् ।

onlinekhabar.com  बाट

प्रकाशित मिति: ६ असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्