गुणस्तरहीन चामल नबाँड्न निर्देशन



धादिङ, असार ६

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले विश्व खाद्य सङ्गठनले दिएको चामल गुणस्तरीय नभेटिए फिर्ता गरिदिन मातहतका जिल्ला शाखाहरुलाई निर्देशन दिएका छन्।

भूकम्प प्रभावित जिल्लाको अवलोकन तथा भावी योजनाबारे छलफल गर्न धादिङ आइपुगेका अध्यक्ष थापाले रेडक्रसको विश्वसनीयतामा असर पर्ने र संस्थाको छविमा आँच पुग्ने गरी कसैसँग सहकार्य र समन्वय नगर्न पनि निर्देशन दिएका हुन् ।”हामीले न चामल किन्ने हो, न भन्डारण र ढुवानी गर्ने हो ।

विश्व खाद्यसँग भएको सम्झौताअनुरुप हामीले बाँडिदिने मात्र हो, उनले भने ‘गुणस्तरीय चामल दिनु उनीहरुको दायित्व हो ।” कार्यक्रममा धादिङका रेडक्रसकर्मीले पीडित परिवारको दिगो व्यवस्थापनका लागि तत्काल कार्यक्रम ल्याउन केन्द्रीय अध्यक्ष थापालाई आग्रह गरेका थिए ।

जवाफमा केन्द्रीय अध्यक्ष थापाले कम्बल, भाँडाकुँडा, त्रिपाल, घर बनाउने औजारलगायतका गैरखाद्य राहत सामग्री र नगद १५ हजार गरी तीन हजार परिवारलाई बाँड्न करिब नौ करोड रुपैयाँ बराबरको राहत सामग्री तत्काल उपलब्ध गराउने बताए ।

धादिङ रेडक्रसका सभापति सीताराम कोइरालाका अनुसार हालसम्म जिल्ला दैवी प्रकोप उद्धार समितिसँगको समन्वयमा धादिङ जिल्लामा करिब ६० हजार पाल, एक हजार ३७४ क्विन्टल चामल, तीन हजार ५०० भन्दा बढी सरसफाइका सामग्री प्रभावित क्षेत्रमा वितरण गरिसकिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News