एसीसी यू-१९ एसिया कप : टस हारेर बंगलादेशविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल
![](https://www.deshkonews.com/wp-content/uploads/2024/12/1.jpg)
काठमाडौं । यूएईमा जारी एसीसी यू-१९ एसिया कपमा नेपालले बंगलादेशविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
नेपालविरुद्ध बंगलादेशले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको नेपाल पहिलो जितको खोजीमा छ ।
उता बंगलादेशले भने पहिलो खेलमा अफगानिस्तानलाई ४५ रनले पराजित गरेको थियो । बंगलादेश लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ ।
पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको थियो । श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६।२ ओभरमा १७८ रनमा अलआउट भयो ।
प्रकाशित मिति: १६ मंसिर २०८१, आइतबार