कर्मचारीद्धारा जिविसको काम ठप्प



झापा, फागुन १

आफना माग पूरा नभएको भन्दै स्थानीय निकायमा कार्यरत कर्मचारीले आज आ–आफ्नो कार्यालयका काम बन्द गरेका छन् । स्थानीय निकाय ट्रेडयुनियन केन्द्रीय समन्वय समितिको मागलाई सरकारले बेवास्ता गरेका कारण बन्दको कार्यक्रम गरिएको बताइएको छ ।  कर्मचारीले काम नगरेपछि जिल्ला विकास समिति झापामा आउने सेवाग्राही मर्कामा परेका छन् ।

आफ्ना माग पूरा नभए फागुन १ गते दिनभरि कार्यालय बन्द गर्ने घोषणा समितिले गरेअनुरुप स्थानीय निकायका कर्मचारीले कार्यालयका काम ठप्प पारेको आन्दोलनमा सहभागी जिल्ला विकास समिति झापाका कर्मचारी जय तिमल्सेनाले बताए ।

स्थानीय निकायको निर्वाचन अविलम्ब गर्नुपर्ने, नयाँ संविधानको मर्म र भावना अनुरुप स्थानीय तहबाट जनअपेक्षा बमोजिमको प्रभावकारी सेवा प्रवाह गर्नसक्ने साङ्गठनिक संरचना र जनशक्तिको व्यवस्था गर्नुपर्ने, सबै कार्यालयमा असलकार्य संस्कृति र उचित कार्य वातावरणको सिर्जन गर्न निश्चित नीति, योजना तथा कार्यक्रम ल्याउनुपर्ने र स्थानीय निकायमा २० औँ वर्षदेखि अस्थायी तथा करारमा रही आफ्नो जीवनको ऊर्जाशील समय जनताको सेवामा व्यतित गरेका छ हजार कर्मचारीको सेवालाई निरन्तरता दिँदै अब बन्ने ऐननियम, कार्यविधि, गठन आदेशबाटै स्थायित्व र व्यवस्थापनको कुरा सम्बोधन हुनुपर्ने जस्ता माग राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News