दुर्घटनामा ८ जना घाइते



इलाम , फागुन ९

 इलामको मेची राजमार्ग अन्तर्गत कोल्बुङमा सोमबार ट्रक दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ ।  झापाबाट इलाम जाँदै गरेको ना ३ ख ६०६० नम्बरको ट्रक सडकबाट झण्डै ३० मिटर तल खसेर दुर्घटना भएको पशुपतिनगर इलाका प्रहरी कार्यालय इलामले जनाएको छ ।

ट्रक रुखका गोलिया लिन झापाबाट इलाम तर्फ आउने क्रममा दुर्घटना भएको हो ।  ट्रक चालक झापा कन्काई नगरपालिका–८ का ४२ वर्षका समशेर राई गम्भीर घाइते छन् । कन्काई नपा–२ का राजेश राई, विनोद तामाङ, प्रवीण पौडेल, धाइजन–६ का रञ्जित विक, सुमन पौडेल, विवेक सुब्बा र धुलाबारी–७ का सविन घिमाल घाइते भएको प्रहरी निरीक्षक शिवकुमार बुढाथोकीले जानकारी दिए ।

घाइते सबैको झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरू सबै ट्रकमा सामान लोड–अनलोड गर्ने कामदारहरु रहेको पशुपतिनगर इलाका प्रहरी कार्यलय इलामले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News