बालिका बलात्कारको आरोपमा रोल्पाबाट एक जना पक्राउ
रोल्पा। रोल्पामा १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रोल्पाकै सुनछहरी गाउँपालिका–४ सिउरी बस्ने २२ वर्षीय हर्कबहादुर पुन मगर छन् ।
हर्कबहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कुलेलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका हर्कमाथि बालिका बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
प्रकाशित मिति: १२ पुस २०८१, शुक्रबार