Deshko News
११ आश्विन २०८०, बिहिबार

पाँच वर्ष भित्र भोजपुर जिल्ला बालमैत्री जिल्ला घोषणा



भोजपुर, फागुन ११
पाँच वर्ष भित्रमा भोजपुर जिल्लालाई बालमैत्री जिल्ला घोषणा गर्न लागिएको छ ।बालमैत्री स्थानिय शासन अन्र्तगत सुचकहरुको अवश्था विश्लेषण लगानी योजनाको लागी कृयाकलापको पहिचान र आगामी कार्ययोजना बनाई भोजपुर जिल्लालाई बालमैत्री जिल्ला घोषणा गर्न लागिएको हो ।
जिल्ला विकास समिती भोजपुरले विभिन्न सरोकारवाला निकायसँग समन्वय गरी बाल अधिकारका २९ वटा सुचकहरुको स्थानीयकरण र थप सुचकको अपेक्षीकरण गरिरहेको छ ।
आर्थिक वर्ष २०७१÷७२ देखी जिल्लामा बालमैत्री स्थानिय शासन कार्यन्वयन गर्ने जिल्ला परिषद्को निर्णय अनुसार काम अगाडी बढाइएको जिल्ला विकास समिती भोजपुरका सुचना अधिकारी धनकुमार राईले जानकारी दिनुभयो ।
समयमै बालमैत्री जिल्ला घोषणका लागी स्थानिय बालक्लबको सक्रियतामा रणनितिक कार्ययोजना समेत अघि बढाएको जिल्ला बाल क्लब सञ्जाल भोजपुरका अध्यक्ष लक्ष्मण चौहानले बताउनुभयो ।

प्रकाशित मिति: ११ फाल्गुन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News