भाेजपुरमा थपिदै रेडियाे, उन्नती रेडियाेकाे अाैपचारिक उद्घाटन


 


भोजपुर, फागुन १२
भोजपुरमा उन्नती रेडियो ९२.९ मेगाहर्ज सञ्चालनमा आएको छ । विहिबार सदरमुकाममा पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईले पानसमा बत्ती बालेर तथा रेडियोको जिंगल बजाएर औपचारिक कार्यक्रमका बिच रेडियाेकाे नियमित प्रसारणको समुद्घाटन गर्नुभएको हो ।
२०७३ साउन ४ गते सञ्चार मन्त्रालयबाट एक हजार वाट क्षमताको इजाजत प्राप्त गरेको रेडियोले आवाजविहिनहरुको आवाजलाई रेडियोको माध्यमबाट ग्रामीण समुदायमा प्रवाह गर्ने जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका पूर्व मन्त्री राईले रेडियोले  विश्वासनियता र गुणस्तरीयतामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले जिल्लामा सुशासन पारर्दशिता कायम गर्न रेडियोले प्रमुख भुमिका निवार्ह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
याेे सँगै भाेजपुरमा रेडियाेकाे संख्या तीन पुगेकाे छ । अाैपचारिक रूपमा उद्घाटन गरेकाे याे नै भाेजपुरकाे पहिलाे रेडियाे हाे । रेडियाेलार्इ उन्ननी नेपालले सञ्चालनमा ल्याएकाे हाे ।

प्रकाशित मिति: १२ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्