काठमाडाैं महानगरपालिकामा अब ३२ वडा, कुन वडा कताँ गाभिए ?


 


काठमाडौँ, फागुन १२

यसअघि ३५ वडा रहेको काठमाडौँ महानगरपालिकामा अबदेखि ३२ वडा कायम भएको छ । स्थानीय निकाय पुनःसंरचना आयोगको सिफारिसका आधारमा जिल्ला निर्वाचन कार्यालय काठमाडौँले मतदानस्थल र मतदान केन्द्र सिफरिस गर्न ३२ वटा वडा पहिचान गरी पठाएको छ ।

सो विषयमा कामपाले आज वडाका प्रशासकीय प्रमुखलाई बोलाएर सात दिनभित्र कार्यसम्पन्न गर्न निर्देशन दिएको कामपाका सञ्चार अधिकृत चन्द्रमणि भट्टराईले जानकारी दिनुभयो ।

भट्टराईका अनुसार साबिक वडा नं २२ र २४ मिलाएर हालको वडा नं २२, साबिक २५ र २६ मिलाएर २४, त्यसैगरी २७ र २८ मिलाएर २५ बनाइएको छ । यसअघि वडा नं २७ अब २६, भएको छ भने वडा नं ३० चाहिँ २७ भएको छ ।

३१ वडा नं २८ र ३२ नं २९ भएको छ । ३३ नं ३०, ३४ नं ३१ र ३५ नं ३२ वडा नं कायम गरिएको छ ।

प्रकाशित मिति: १३ फाल्गुन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्