दुर्घट्नामा एक जनाको मृत्यु


 


धनुषा , फागुन १३

मोटरसाइकलको ठक्करबाट धनुषामा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर उप–महानगरपालिका–७ पुरोहित महेश पाण्डे रहेको प्रहरीले जनाएको छ । जनकपुर ढल्केवर सडक खण्ड अन्तर्गत गएराति पूजा गराउन साइकलमा जनकपुरबाट महेन्द्रनगरतर्फ गइरहेको बेला लक्ष्मनीयामा ज३प२३५९ नम्बरको मोटरसाइकलले पाण्डेलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पाण्डेलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल लैजाँलै गर्दा बाटोमैमृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल चालक जनकपुर उप–महानगरपालिका–१ का अभिनित सिंहलाई प्रहरीले पक्राउ गरेको छ । मृतकको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: १३ फाल्गुन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्