करेन्ट लागेर एक युवकको मृत्यु


 


खोटाङ, असार ७

करेन्ट लागेर खोटाङमा एक युवकको मृत्यु भएको छ । करेन्ट लागेर नुनथला–५ का २७ वर्षीय मनकुमार राईको मृत्यु गएको हो ।

 गएराति अचानक विद्युत् प्रवाह भएर घरमा आगलागी हुन थालेपछि निभाउने क्रममा उनलाई करेन्ट लागेको स्थानीयवासीको भनाइ छ ।

 करेन्ट लागेर बेहोस बन्नुभएका उहाँलाई उपचारका लागि सदरमुकाम दिक्तेल ल्याउने क्रममा बाटैमा मृत्यु गएको स्थानीय सुरेश राईले जानकारी दिए ।

 गाईघाट–बुइपा– ११ केभी विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरमा विद्युत् प्रवाह हुँदा करेन्ट लागेको स्थानीयवासीले बताएका छन् । रासस

प्रकाशित मिति: ७ असार २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्