चट्याङ लागेर सेनाको ज्यान गयो


 


गुल्मी, असार ७

चट्याङ लागेर गुल्मीमा एक जनाको ज्यान गएको छ ।

गुल्मी दर्लामचौर गाविस ८ का ३४ वर्षका उमाकान्त घर्तीले ज्यान गुमाएको रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सोमबार दिउँसो ४ बजेतिर घरमै रहेका घर्तीलाई चट्याङ लागेको थियो ।

नेपाली सेनाको अमलदार पदमा दाङमा कार्यरत घर्ती बिदाको क्रममा घरमा आएको बेला चट्याङले लागेको हो ।

प्रकाशित मिति: ७ असार २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्