आगलागीबाट भोजपुरमा एक घर ध्वस्त



भोजपुर, फागुन १४

भोजपुरको दक्षिणी पात्लेपानी गाउँ विकास समिति वडा नं. ३ मा आगलागीबाट १ घर जलेर ध्वस्त भएको छ ।

गयराती सोलार प्यानलमा जोडिएको तारबाट निस्किएको आगोले छत्रबहादुर कार्कीको घर जलेको स्थानीय मैया कार्कीले बताइन ।

आगलागीबाट ३ लाख नगद, लत्ताकपडा, अन्नपात नष्ट भएको छ ।स्थानीयवासीको प्रयासमा छिमेकी थप २ घरमा आगो फैलनबाट जोगाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News