सामान्य अंकले नेप्से बढ्दा ६ अर्ब १९ करोडको कारोबार


 


काठमाडौं । साताको तेस्रो कारेबार दिन आज सेयर बजार परिसूचक नेप्से ५.०८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६१३ मा कायम भएको छ

। परिसूचक बढ्दा पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ६ अर्ब १९ करोडको भयो ।

१०६ कम्पनीको मूल्य बढ्दा १३९ को घट्यो भने ८ को स्थिर रह्यो । यस दिन बीमा सेक्टरमा आकर्षण देखिएको छ ।

दुई पुनर्बीमा कम्पनी र टेलिकमको मूल्य बढ्दा अन्य समूह सबैभन्दा धेरै २.७९ प्रतिशत बढ्यो ।

विकास बैंक ०.१९, होटल तथा पर्यटन ०.७८, लगानी ०.७४, उत्पादन ०.८९, माइक्रोफाइनान्स ०.०३ प्रतिशत बढे ।

व्यापार समूह सबैभन्दा धेरै २.१० प्रतिशत घट्यो । हाइड्रोपावर ०.९२, फाइनान्स १.०३, बैंकिङ ०.३५ प्रतिशत घटे ।

प्रकाशित मिति: ८ माघ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्