बालिका बलात्कारको आरोपमा एक जना पक्राउ


 


हेटौंडा । हेटौंडाबाट प्रहरीले ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५० वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पीडित परिवारको उजुरीका आधारमा आरोपीलाई पक्राउ गरिएको हो ।

पीडित परिवारले बिहीवार इलाका प्रहरी कार्यालय पशुपतिनगरमा जाहेरी दर्ता गरेका थिए ।

जाहेरी परेपछि आरोपितलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

अनुसन्धान जारी रहेकाले प्रहरीले आरोपीको परिचय गोप्य राखेको छ ।

प्रकाशित मिति: ११ माघ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्