अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध मुद्दा दायर


 


काठमाडौं । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ ।

सर्वोच्च अदालतको अवहेलना गरेको आरोपमा अधिवक्ता त्रिपाठीविरुद्ध मुद्दा दायर भएको हो ।

टेलिभिजन अन्तर्वार्तामा त्रिपाठीले अदालत र न्यायाधीशको अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै कारबाहीको मागसहित निवेदन परेको थियो ।

निवेदक दिलबहादुर राईले त्रिपाठीलाई अवहेलनामा हदैसम्म कारबाही माग गरेका छन् ।

निवेदनमाथि आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने भन्दै तारेक तोकिएको छ ।

प्रकाशित मिति: ११ माघ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्