प्रधानमन्त्री ओलीले गरे बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको आज भर्चुअलरुपमा उद्घाटन गरेका छन् ।
स्वास्थ्यमा समस्या आएर त्यहाँ जान नसकेपछि प्रधानमन्त्री अोलीले बालुवाटारस्थित सरकारी निवासबाटै सम्बोधनसहित भवनको उद्घाटन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले ऊर्बर भूमि बगनासकाली गाउँपालिकाको कार्यक्रमस्थल चिर्तुङ्गधारामा आउने र पाल्पाली जनतासँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण प्रत्यक्षरुपमा उपस्थित हुन असमर्थ भएको जनाए ।
प्रधानमन्त्री ओलीले प्रशासकीय भवनबाट स्थानीय जनताले अझ राम्रो गरी सेवा पाइ र नयाँ अनुभूति मिल्ने गरी काम गर्न आग्रह गरे ।
प्रकाशित मिति: ११ माघ २०८१, शुक्रबार