कैलालीमा भाइको कैची प्रहारबाट दाइको मृत्यु



धनगढी । कैलालीमा भाइले कैची प्रहार गर्दा दाइको मृत्यु भएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका-१७ का ३० वर्षीय प्रकाशले कैची प्रहार गर्दा ३५ वर्षीय दाइ लालबहादुर बोहराको मृत्यु भएको हो ।

घाँटीमा कैची प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि मिसन अस्पताल धनगढीमा उपचारका लागि पठाइएको थियो।

उपचारकै क्रममा उनको राति २ः५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा घरायासी विवादमा सामान्य भनाभन हुँदा प्रकाशले कैची प्रहार गरेको खुलेको छ ।

दाइको मत्यु भएपछि भाइ प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३ माघ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्