काठमाडौंबाट धनुषा आएको बसमा एक यात्रु मृत फेला



धनुषा । काठमाडौंबाट धनुषा आएको नाइट बसमा एक यात्रु मृत फेला परेका छन् ।

काठमाडौंबाट धनुषाको जटही आउन लागेको बसमा भारतको बिहार मधुबन्नी सिमरीका ५५ वर्षीय जगदीश यादव मृत फेला परेका हुन् ।

काठमाडौंबाट धनुषाको जटही चल्ने मधेश प्र.००४-००१ ख ०१५७ नम्बरको बसमा उनी ढल्केबर पुग्दा मृत फेला परेका थिए।

ढल्केबरमा सिटमै मृत फेला परेपछि बसलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जनाएको छ।

बस नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १५ माघ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्